गधा र कुकुर

एउटा घरमा कुनै व्यक्तिले एउटा गधा र एउटा कुकुर पालेको रहेछ। त्यो व्यक्तिले आफ्नो गधालाई धेरै माया गर्दो रहेछ खानेकुरा पनि मिठो मिठो र समय समयमा दिदाे रहेछ । तर कुकुरलाई भने त्यति वास्ता गर्दो रहेनछ।  आफ्नो मालिक ले आफु प्रति कस्तो व्यवहार गर्छ भन्ने कुरा यि दुबै जनावरहरूले राम्रोसित बुझेका रहेछन् र उनीहरु पनि आफ्नो मालिक प्रति त्यस्तै व्यवहार गर्न खोज्दा रहेछन्।
 एकदिनको कुरा हाे रात परेपछि त्यस घरमा एउटा  चोर प्रवेश गरेछ। कुकुर आफ्नो मालिकसंग असन्तुष्ट भएका कारण चुपचाप थाहा नपाए झैँ गरी सुतेछ। उतातिर गधा भने आफ्नो मालिकको प्रिय थियो मालिक लाई माया पनि गर्दथ्यो त्यसकारण उसले सुतिरहेको कुकुरलाई भनेछ हे कुकुर घरमा चोर पसी सक्यो । किन चुप्प लागेर सुतिरहेको ? तुरुन्त भुक भुक गरेर मालिकलाई बिउँझाइदे। तर कुकुरले गधाको कुरा पनि नसुनेझैँ गरी सुति रह्यो। आखिर अन्तमा गधा आफैंले भुक्ने बिचार गरेछ र भएभरको बल प्रयोग गरेर कराउन थाले छ । यो रातकाे समयमा  निन्द्रा बिगार्ने गरी गधा कराएको सुनेर रिसाउँदै मालिक उठेछ र गधालाई लौरोले बेस्सरी कुटेछ।

शिक्षा: आफ्नै बिशेषज्ञतामा ध्यान दिउं।

1 Comments

  1. Best casinos online and live dealer casino
    How to play 우리 계열 casino games online at live casinos online. to bet365 the 김뿡 얼굴 best games, pay attention to bonus, 축구 토토 and choose the casino games 졸리다 you want to play online.

    ReplyDelete
Previous Post Next Post

Featured post

प्रस्तावित शिक्षा ऐनमा रहेका विभेदहरू

प्रस्तावित शिक्षा ऐनमा रहेका विभेदहरू : शिक्षकले घरदेखि विद्यालय र विद्यालयदेखि घरको बाटो मात्र हिँडोस् अन्य बाटोमा हिँडेको देखेमा बुझेमा के...

Most Popular